Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाहरूले अब ग्राहकको खाताको पैसा ओभर ड्राफ्टमा लगानी गर्न नपाउने

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, १३ : ३८ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाहरूले अब ग्राहकको खाताको पैसा ओभर ड्राफ्टमा लगानी गर्न नपाउने

बैंक तथा वित्तीय संस्थाहरूले अब आफ्नो अनुकुल ग्राहकहरूको खाताको पैसा ओभर ड्राफ्टमा कर्जा लगानी गर्न नपाउने भएका छन् । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

राष्ट्र बैङ्कद्वारा जारी निर्देशनमा भनिएको छ, ‘ओभर ड्राफ्ट सीमा नाघ्ने गरी ग्राहकको चल्ती खाताबाट ओभर ड्राफ्ट गरी कर्जाको साँवा तथा ब्याज असुलउपर गर्न पाइने छैन।’ 

निर्देशन, २०७९ जारी हुनुअघि बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको चल्ती खाताको पैसालाई ओभर ड्राफ्टमा लगानी गरी ब्याज कमाउने गर्थे । अब भने केन्द्रीय बैंक उक्त विषयमा हेर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको