Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले गर्यो १२ प्रतिशत मूल्यवृद्धि हुने प्रक्षेपण

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, १७ : ५१ मा प्रकाशित

राष्ट्र बैंकले गर्यो १२ प्रतिशत मूल्यवृद्धि हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले अपेक्षित मुद्रास्फीति सर्वेक्षण सार्वजनिक गरेको छ । केन्द्रिय बैंकले आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले आगामी १ वर्षपछि अपेक्षित मुद्रास्फीति १२ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । राष्ट्र बैंकले २०७९ पौष २४ देखि पौष ३० सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सम्पन्न गरेको थियो । राष्ट्र बैंकका  अनुसार उक्त परिणामहरू २ हजार १० जना उत्तरदाताहरुसँग गरिएको सर्वेक्षणमा आधारित रहेको छ ।

राष्ट्र बैंकका अनुसार ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।

सर्वेक्षणअनुसार खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको दूध, घ्यू, माछा, मासु तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबकोतीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको