Like us!
Follow us!
Connect us!
Watch us!

बालेनसँग तत्काल जरिवाना नलिन सर्वाेच्चको अन्तरिम आदेश

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, ०७ : ३६ मा प्रकाशित

बालेनसँग तत्काल जरिवाना नलिन सर्वाेच्चको अन्तरिम आदेश

महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना असुल गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

ायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बुधबार यस्तो अन्तरिम आदेश जारी गरेको हो । इजलासले शाहसँग जरिवाना असुल्ने निर्णयको आधार र कारणसहित उपस्थित हुनसमेत आयोगको नाममा आदेश दिएको छ । 

स्थानीय तहमा उम्मेदवार बनेकाले निर्वाचन खर्च विवरण निर्धारित म्यादभित्र नबुझाएपछि निर्वाचन आयोगले जरिवाना तोकेको थियो । आयोगले महानगरप्रमुख शाहसँग साढे सात लाख रुपियाँ जरिवाना असुल्ने निर्णय गरेको थियो । आयोगको त्यो निर्णयविरुद्ध शाहले सर्वाेच्चमा रिट निवेदन दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको