Like us!
Follow us!
Connect us!
Watch us!

कुवेतको अल् अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु, ९ शाखाबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, १२ : २७ मा प्रकाशित

कुवेतको अल् अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु, ९ शाखाबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने

संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै उत्कृष्ट डिजिटल रेमिट्यान्स कम्पनीको रुपमा स्थापित इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । 

यो सम्झौता संगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मिया लगायत शहरमा रहेका ९ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन् । साथै, नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा बढि  भुक्तानी केन्द्र मार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ ।

हाल इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियान जारि रहेको हुनाले अल् अन्सारी एक्सचेन्जको  माध्यम हुँदै कुवेतबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म १ जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न ६सकिनेछ । साथै, अल् अन्सारी एक्सचेन्ज कुवेतमार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गर्दा सेवाग्राहीले थप रु. ७७ को आकर्षक बोनस समेत पाउने छन् र मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन् ।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र अल् अन्सारी एक्सचेन्ज कुवेतका तर्फबाट जेनेरल म्यानेजर मोहम्मद  अब्दुल रहमानले हस्ताक्षर गरेका थिए ।

अल् अन्सारी कुवेत संगको रेमिट्यान्स सम्झौता बारे बोल्दै कोइरालाले भने, “अल् अन्सारी एक्सचेञ्ज जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनी संग रेमिट्यान्स सम्झौता गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ । कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरुले रुचाएको ठाउँ भएको र यहाँ पहिला देखि नै धेरै नेपालीहरुको बसोवास रहिआएको हुनाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा हामीलाई विश्वास छ”।

अल अन्सारी एक्सचेञ्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो ।  हाल यस कम्पनीका कुवेतमा मात्र ९ वटा शाखा सञ्चालनमा रहेका छन् भने संसारभरी २०० भन्दा बढी शाखा र ३००० भन्दा धेरै कर्मचारी रहेका छन् । कम्पनीले आफ्ना मूल्यवान ग्राहकहरूलाई सबैभन्दा भरपर्दो, सस्तो र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएको छ । 

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६८ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत विदेशबाट आएको रकम भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको