Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ३ अर्ब ८९ करोडमा सीमित

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, १५ : ०७ मा प्रकाशित

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ३ अर्ब ८९ करोडमा सीमित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१५ अकंले घटेर २५४०.५७ बिन्दुमा  बन्द भएको छ। आज ३३७ कम्पनीको ७९ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोडको सेयर कारोबार भएको हो ।

आज १० उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.३० प्रतिशत, विकास बैंक समूहको ०.५२ प्रतिशत, फाइनान्स समूहको ०.८७ प्रतिशत, हाइड्रोपावर समूहको ०.४९ प्रतिशतले सेयर मूल्य घटेको छ । आइतबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको घटेको छ । १४ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको हो । 

आज एसबिएल डिबेञ्चर २०८९ को सर्वाधिक कारोबार भएको छ । आज यसको २८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भउको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २० करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरी, बुङगल हाइड्रो र बन्दीपुर केलकारका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । नविल डिबेञ्चरका इकाईधनीले ९.९१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको