Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वृद्धि न्यून भएपनि सन् २०२३ मा मुद्रास्फीतिबाट राहत मिल्ने आईएमएफको दाबी

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, ११ : १८ मा प्रकाशित

आर्थिक वृद्धि न्यून भएपनि सन् २०२३ मा मुद्रास्फीतिबाट राहत मिल्ने आईएमएफको दाबी

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस हप्ताको आफ्नो नयाँ ग्लोबल इकोनोमिक आउटलुक रिपोर्ट सार्वजनिक गरेको छ।  

आईएमएफले जारी गरेको रिपोर्टमा सन् २०२३ मा न्यून आर्थिक वृद्धिकाबीच विश्वव्यापी मुद्रास्फीतिमा कमी आउने प्रक्षेपण गरेको हो।

रुस–युक्रेन युद्ध र मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका हुन् । यद्यपि, चीनको पुनः खोल्ने र कोभिड–१९ महामारीसँग सम्बन्धित लकडाउन प्रतिबन्धहरू खुकुलो पार्दा विश्वव्यापी आर्थिक वृद्धि हुन सक्छ।

आईएमएफको प्रतिवेदनमा भनिएको छ कि अधिकांश अर्थतन्त्रहरूमा 'कस्ट अफ लिभिङ्ग क्राइसेस'का बीच, निरन्तर मुद्रास्फीति घटाउने प्राथमिकता बनेको छ। 

प्रतिवेदनका अनुसार, कडा मौद्रिक अवस्था र न्यून वृद्धिले वित्त र ऋणको स्थिरतालाई सम्भावित असर पार्ने भएकाले म्याक्रोप्रुडेन्सियल उपकरणहरू प्रयोग गर्न र ऋणको पुनर्संरचना ढाँचालाई सुदृढ गर्न आवश्यक छ।

आईएमएफले युक्रेनमा रुसको आक्रमण, कोभिड–१९ बाट उत्पन्न चुनौती र अन्य भूराजनीतिक मुद्दाले मूल्य दबाब उच्च रहेको बताएको छ। यो दबाब अधिकतर ऊर्जा उत्पादन र खाद्य उत्पादनहरूमा देखिन्छ। विश्वव्यापी मुद्रास्फीति विश्वका धेरै भागहरूमा फरक तरिकाले हेरिएको छ। जहाँ मुद्रास्फीतिको आँकडा अमेरिका र युरोपमा बढी देखिएको छ भने एशियाका धेरै भागमा यो कम देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको