Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंककाे ऋणपत्र भर्ने आज अन्तिम अवसर

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, १२ : ०० मा प्रकाशित

ग्लोबल आइएमई बैंककाे ऋणपत्र भर्ने आज अन्तिम अवसर

ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेबाट निष्कासन गरेकाे ऋणपत्रमा आवेदन दिने आज (फागुन ५ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले ५ वर्ष अवधि भएकाे वार्षिक ११.२५ प्रतिशत व्याज भएकाे "ग्लोबल आइएमई बैंक डिबेञ्चर, २०८४/८५ " नाममा ऋणपत्र निष्कासन गरेकाे हाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १९ लाख ३० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ३० लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकाेमध्ये ५ प्रतिशत अर्थात् ७० हजार कित्ता सामूहिक लगानी काेषका लागि छुट्याइएकाे छ । 

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले सनराइज क्यापिटल लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको