Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले २.५ अर्बको नागरिक बचतपत्र बिक्री गर्ने, ११.५० प्रतिशत ब्याज

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, १२ : ४२ मा प्रकाशित

राष्ट्र बैंकले २.५ अर्बको नागरिक बचतपत्र बिक्री गर्ने, ११.५० प्रतिशत ब्याज

नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ११.५० प्रतिशत ब्याजदरमा नागरिक बचतपत्र २०८४ "क" नामक बचतपत्र बिक्रीमा ल्याउने भएको हाे । उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ । यस बचतपत्रमा ६-६ महिनामा ब्याजदर भुक्तानी हुनेछ । 

नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले फागुन १० गतेदेखि फागुन ३० गतेसम्मका लागि नागरिक बचतपत्र २०८४ "क" बिक्री खुल्ला गर्ने भएको छ ।

उक्त बचतपत्र खरीद गर्न चाहने नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू तथा वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् ।

उक्त बचतपत्रमा सर्वसाधारणले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्न पाउनेछन् । भने बढीमा कुल रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइन्छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइन्छ । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ । यो बचतपत्रको साँवा फिर्ता २०८४ साल चैत्र ६ गते हुनेछ ।

नागरिक बचतपत्रकाे सम्पूर्ण विवरण तलकाे सूचनामा उल्लेख गरिएकाे छ : 

63ef264bb70fa.jpg 63ef2655bddc3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको