Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पे नेपाल क्लियरिङ्ग हाउसको ‘नेसनल पेमेन्ट स्विच’ मा सहभागि

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, १५ : ४१ मा प्रकाशित

आइएमई पे नेपाल क्लियरिङ्ग हाउसको ‘नेसनल पेमेन्ट स्विच’ मा सहभागि

आइएमई पेअब नेपाल क्लियरिङ्ग हाउसमार्फत प्रवद्र्धित नेसनल पेमेन्ट स्विचमा सहभागि हुने भएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सो सम्बन्धि सम्झौता सम्पन्न भएको हो । 

सम्झौता पछि बैंक एवम् डिजिटल भुक्तानी सेवाप्रदायकहरूलाई एउटै प्ल्याटफोर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज पार्दछ । 

आइएमई पेको बारेमाः

‘आइएमईपे’आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायकउत्पादनहो ।नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट ऐन, २०७५ बमोजिमआई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइलवालेट सेवा‘आइएमई पे’प्रदानगर्ने अनुमतिप्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । 

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवाउपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् ।

यसले व्यक्ति–व्यक्तिकाबीचमाहुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्नअनलाइनतथा स्थलगत स्टोरहरू माक्यु आर (QR) मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानी, विद्युततथा खानेपानीको महशुल भुक्तानी, लोकसेवा परिक्षार्थीहरुले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्वविभागतथाकार्यालयहरुको कर तथा राजस्वभुक्तानी, स्थानीय सरकार अन्तर्गतका नगर तथा वडा कार्यालयहरुलाई बुझाउन पर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवानालगायत स्कुलतथा कलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बिमा, इएमआई, पुँजीबजारआदि विभिन्न क्षेत्रहरुमा अनलाईन भुक्तानी सेवा प्रदानगर्दै आइरहेको छ ।

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको