Like us!
Follow us!
Connect us!
Watch us!

के हाे त मोतिबिन्दु ? कसरी बच्न सकिन्छ ?

डा.सुबी जोशी

अर्थ संसार

आइतबार, ०७ फागुन २०७९, १६ : ०१ मा प्रकाशित

के हाे त मोतिबिन्दु ? कसरी बच्न सकिन्छ ?

आँखाको लेन्स फुलेर, दाग लागेर दृष्टि क्षमता घट्ने रोग हो मोतिबिन्दु  । जसरी उमेर संगै हाम्रो कपाल फुल्छ त्यसरी नै आँखा त्यसरी नै उमेर अनुसार आँखाको लेन्स फुल्न सक्छ  । मोतिबिन्दु बिस्तारै बढ्दै जाने रोग हो । यो रोगले एउटा मात्रै या दुबै आँखामा असर पुर्याउन सक्छ । यो रोग जन्मजात पनि हुन सक्छ भने धेरैलाई उमेर बढ्दै गएपछि हुन सक्ने रोग हो । मोतिबिन्दुका कारण हुने कमजोर दृष्टिले गर्दा मानिस डिप्रेसनमा जाने खतरा बढ्छ ।

मोतिबिन्दु के कारणले हुने गर्छ ?

मोतिबिन्दू भनेको जन्मसंग सम्बन्धित संक्रमणहरु जस्तै रुबेलाले पनि मोतिबिन्दु गराउँछ ।  यो रोग बढ्दो उमेरसँगै देखा पर्ने समस्या पनि हो तर कहिलेकहीँ दुर्घटना बाट सक्ने रोग हो , मधुमेह भएका व्यक्तिहरु लाई पनि आँखामाको लेन्समा बादल (धमिलो पना )  हुन सक्छ । कुनै मान्छेको आँखामा अरु संक्रमणहरु वा ट्यूमरहरु भयो भने आँखाको लेन्स फुल्न सक्छ ।  लेन्स एउटा टच मी नट प्लान्ट जस्तै हो  त्यसैले आँखामा चोट परेर लेन्स सम्म असर पंरेपनि मोतिबिन्दु हुन सक्छ । 

मोतिबिन्दु हुनबाट कसरी बच्ने ?

मोतिबिन्दु हुने कारणहरु धेरै छन् तिनै कारणहरुलाई रोकथाम गर्न सकियो भने मोतिबिन्दु हुन बाट बच्न सकिन्छ । हाम्रो उमेर कसैले रोक्न सक्दैन र न उमेर संगै हुने मोतिबिन्दु नै रोक्न सकिन्छ । तर अरु कुराहरु जस्तै सुगर कन्ट्रोल गर्ने, आँखा को संक्रमण नियन्त्रण गर्ने, जन्मगत संक्रमण नियन्त्रण गर्ने जस्ता उपायहरुले केही हद सम्म मोतिबिन्दु रोकथाम गर्न सकिन्छ । 

मोतिबिन्दुका जटिलताहरु के-के हुन् ?

दृष्टि कम हुनका साथै अरु जटिल्ता पनि निम्त्याउन सक्छ मोतिबिन्दुले । टाढा हेर्न गाह्रो हुने,गाडीको लाईटले आँखालाई गाह्रो हुनु , कहिले कहीँ एउटै चिज डबल देखे जस्तो समस्याले असजिलो पार्छ । मोतिबिन्दु पाकेर फुट्न सक्छ र आँखाको चाप बढ्न सक्छ । आखाँको चाप धेरै बढेमा ग्लुकोमा अथवा जलविन्दु हुन सक्छ । जलविन्दु भयो भने बिरामीलाई अपरिवर्तनीय अन्धोपन पनि हुन सक्छ । मोतिबिन्दुका कारण हुने कमजोर दृष्टिले गर्दा मानिस डिप्रेसनमा जाने खतरा बढ्छ । त्यसलाई बेला बेलामा आँखाको जाच गराउने र मोतिबिन्दु बेलामा बेलामा उपचार गराउन नै बुद्धिमानी हुन्छ । 

मोतिबिन्दुुको उपचार ?

मोतिबिन्दुको यदी शल्यक्रिया गर्न आवस्था आएको छैन भने चश्माको प्रयोग गनुपर्छ । शल्यक्रिया गर्ने अवस्था भएको छ भने थप आँखाको जाँच गरिन्छ । दुवै आँखाको मोतिबिन्दु छ भने एउटा आखाँको शल्यक्रिया भएको चार हप्ता पछि मात्र अर्को आँखाको शल्यक्रिया गरिन्छ ।  एकपटक फुलेर सेतो भएको लेन्स फरी पानी झै पारदर्शी बनाउन सक्दिैन । त्यसैले मोतिबिन्दुको एक मात्र निश्चित उपचार भनेको अप्रेशनको मारफत त्यो लेन्सलाई झिकेर अर्को लेन्स आखाँमा हाल्ने हो  । यसो गर्दा आँखा को व्यक्तिगत शक्ति अनुसारको कृत्रिम लेन्स जसलाई इन्ट्राओकुलर लेन्स भनिन्छ त्यो प्रयोग गरिन्छ । 

पहिले पहिले आँखामा ठूलो घाउ बनाएर शल्यक्रिया गरिन्थ्यो भने आजभोली ६–७ एमएम को घाउ बनाएर यो अप्रेशन गरिन्छ । जसलाई सानो चीरा मोतिबिन्दु शल्यक्रिया (एसआईसीएस )भनिन्छ । यसमा आखँको मुनि एउटा सुई (एनेस्थेसिया) दिइन्छ  जसले २–४ घण्टा आँखालाइ नदुख्ने र थाहा नपाउने गरिदिन्छ ।  लगभग २ –३ एमएम साइजको घाउ बनाएर पनि यो प्रक्रिया गर्न सकिन्छ  जसमा  अल्ट्रासाउन्डको ऊर्जाको सहयोगले आँखाको मोतिबिन्दु निकालिन्छ । यो प्रक्रिया आखाँमा ड्रप मात्र राखेर पनि गर्न सकिन्छ  । 

शल्यक्रिया पछि सावधानीहरु के-के हुन् ?

मोतीबिन्दुको शल्यक्रियाको लागि बिरामीले अस्पतालमा भर्ना हुन पर्दैन । अप्रेशन पछि एउटा पट्टी लगाइन्छ । यो पट्टी आँखामा सुई लगाएर गरेको अप्रेसशनको खन्डमा भोली पल्ट खोलिन्छ  भने आईड्रप लगाएर गरेको अप्रेशन को खन्डमा २(४ घण्टामा खोलिन्छ । पट्टी खोलिसकेपछि डाक्टरले प्रिस्क्राइब गरिएको अनुसार स्टेरोइड आईड्रप र एन्टिबायोटिक आईड्रप कम्तीमा ५ हप्ता जति  लगाउनु पर्छ । आखाँमा घाउँ भएको कारण फोहोर पानि र कपडा आखँमा नपार्ने, भारि कामहरु २ –३हप्ता जति नगर्ने । आँखा जस्तो सम्बेदनसिल अंगलाई सुरक्षित राखेर दृष्टि जस्तो अमुल्य इन्द्रियलाई हामीले  जोगाउनु पर्छ । 

* (अर्थसंसारकर्मी भूमिका बिष्टले बिरेन्द्र हस्पिटल ,छाउनीकी नेत्र रोग विशेषज्ञ डा.सुबी जोशीसँग गरिएकाे कुराकानीमा आधारीत रही तयार पारिएकाेे लेख ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको