Like us!
Follow us!
Connect us!
Watch us!

पर्सामा ४४५ को आँखा परिक्षण गर्दा १५८ जनामा मोतियाबिन्दु

अर्थ संसार

सोमबार, २२ असोज २०८०, ०८ : ५४ मा प्रकाशित

पर्सामा ४४५ को आँखा परिक्षण गर्दा १५८ जनामा मोतियाबिन्दु

पर्सा जिल्लाको संखुवापर्सौनी गाँउपालिकाको वडा नं २ श्रीपुरमा ४४५ जनाको आँखा परिक्षण गर्दा १५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको आर्थिक सहयोगमा संखुवापर्सौनी गाँउपालिकाको वडा नं २ श्रीपुरमा शनिबार एकदिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिर आयोजना गरिएको थियो ।

मोतियाबिन्दु देखिएको सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पतालमा निःशुल्य शल्यक्रि गरिने छ । आर्थिक अभावमा र पहुँचको अभावमा कोहि पनि नागरिक आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले नेत्रज्योति संघले विभिन्न स्वदेशी तथा दातृ निकायहरुसंगको सहकार्यमा देशैभरी बार्षिक हजारौ निःशुल्क आँखा शिबिर संचालन गर्दै आइरहेको छ ।

छिमेक लघुवित्तले सामाजिक उत्तरदायित्व अन्तरगत नेत्रज्योतीलाई शिबिर संचालनका लागी आर्थिक सहयोग प्रदान गरेको हो । संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढि आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरु मार्फन नेपाली नागरिकहरुलाई सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।

स्थापना देखि हालसम्म संघले आफ्ना अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरु मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया सेवा प्रदान गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको