Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल नेत्रज्योति संघका प्रतिनिधि र स्वास्थ्यमन्त्रीबीच भेटबार्ता

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, १९ : ५७ मा प्रकाशित

नेपाल नेत्रज्योति संघका प्रतिनिधि र स्वास्थ्यमन्त्रीबीच भेटबार्ता

नेपाल नेत्रज्योति संघका प्रतिनिधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रीबीच भेटबार्ता भएको छ । संघका अध्यक्ष प्रा.डा चेतराज पन्तको नेतृत्वमा गएको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा.पदम गिरीसंग छलफल गरेको हो ।

भेटमा नेपाल नेत्रज्योति संघले संचालन गरेका अस्पताल तथा आँखा उपचार केन्द्रहरुले प्रवाह गरेको सेवा तथा गतिविधिहरुका बारेमा मन्त्री समक्ष ब्रिफिङ गरिएको थियो । संघका अध्यक्ष पन्तले नेत्रज्योति संघले सरकारसंगको सहकार्यमै दक्षिण एशियामै उत्कृष्ट आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताए ।  

संघका प्रतिनिधिहरुसंगको भेटमा मन्त्री गिरीले नेपालमा आँखा स्वास्थ्य सेवा प्रवाहमा संघले खेलेको भुमिकाका लागि धन्यवाद दिँदै स्वास्थ्य मन्त्रालयले ल्याएको राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिको प्रभावकारी कार्यन्वनका लागि सबैसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।


उक्त भेटमा नेपाल नेत्रज्योतिसंघका उपाध्यक्ष प्रा.डा दिल बहादुर क्षेत्री, महासचिव भरत बहादुर चन्द, सदस्य पद्म नारायण चौधरी र कार्यकारी निर्देशक डा.शैलेस कुमार मिश्र समेत सहभागि थिए ।

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको