Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, ०७ : २१ मा प्रकाशित

एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले यसअघि चार पटक लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक सेयर बिक्री नभएपछि माघ २२ गते, आइतबारदेखि पुन: लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे सेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।   । 

कम्पनीले जारी गरेकाे हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएकाे २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता सेयर पुन: लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेकाे हाे ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लिलामी सेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडाैँ ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामाेड, हनुमानदास राेड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटाैँडा, नारायणगढ, न्यूराेड पाेखरा, बुटवल-मिलनचाेक, बाग्लुङ्ग, नेपालगञ्ज-त्रिभुवन चाेक, सुर्खेत, घाेराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको