Like us!
Follow us!
Connect us!
Watch us!

बुधबारदेखि आइपीओ ल्याउँदै मेन्छियाम हाइड्रोपावर

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, १२ : ४० मा प्रकाशित

बुधबारदेखि आइपीओ ल्याउँदै मेन्छियाम हाइड्रोपावर

मेन्छियाम हाइड्रोपावर लिमिटेडले भोलि (बुधबार) देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले फागुन १० गते बुधबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो।

स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १०% (५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको) सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ।

यस आधारमा आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर १०० रुपैयाँ दरका ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर विक्री हुनेछ ।

कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता शेयर यी वाहेकका संखुवासभा जिल्लाका बासिन्दाहरुमा विक्री गरिनेछ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा विक्री गरिने जारी पूँजीको २० प्रतिशत दरको कुल १० लाख ८५ हजार १६७ कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा विक्री गर्नेछ । यस आधारमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा १ लाख ८ हजार ५१७ कित्ता शेयर विक्री गर्न लागेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि छिटोमा फागुन २५ गतेसम्म र ढिलोमा चैत ९ गते आईपीओ विक्रीमा रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदाहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, मादी नगरपालिका वडा नं। ७, वागा, चैनपुर नगरपालिका वडा नं। ३, तीनखोप्रे रेडक्रस भवनका सार्थ एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको