Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको सह–प्रवक्तामा परमात्मा भट्टराई नियुक्त

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, १५ : ५८ मा प्रकाशित

नेपाल टेलिकमको सह–प्रवक्तामा परमात्मा भट्टराई नियुक्त

नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित् प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप–प्रबन्धक परमात्मा भट्टराईलाई कम्पनीको सह–प्रवक्तामा नियुक्त गरेको छ । टेलिकमले आज(मंगलबार) प्रेस नोट जारी गर्दै कार्यालयमा कार्यरत उप–प्रबन्धक परमात्मा भट्टराईलाई कम्पनीको सह–प्रवक्तामा नियुक्त गरेको जानकारी दिएको हो ।

यस्तो छ नेपाल टेलिकमले जारी गरेको प्रेस नोटः

प्रेस नोट
सह–प्रवक्ता तोकिएको सम्बन्धमा
नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप–प्रबन्धक श्री परमात्मा भट्टराईलाई कम्पनीको सहप्रवक्ता तोकेकोले आमसञ्चारकर्मीहरुको जानकारीका लागि प्रेषित गरिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको