Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तको लाभांश वितरणमा राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १७ : ५९ मा प्रकाशित

लघुवित्तको लाभांश वितरणमा राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा नयाँ व्यवस्था गरेकाे छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै नयाँ व्यवस्था गरेकाे हाे ।

जस अनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) माथिको वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको साधारण प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।

यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको