सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले देशका अधिकांश भागहरूमा इन्टरनेट पहुँचको न्यूनतम सेवा समेत नपुगेको प्रष्ट पारेकी छिन् । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राविधिक पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालमा फाइभ जी को चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्।
उनले फाइभ जी परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच बाहिर रहेको बताएकी हुन् । उनले उच्छ हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको बताईन्।
अन्तरक्रियामा बोल्दै उनले भनिन, ‘निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेटको पहुँच बाहिर छन् । जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको छ ।’
पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पुर्याउन मन्त्री शर्माले निर्देशन समेत दिइन् । शर्माले उपत्यकाको धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको र हाईवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताइन् ।
उनले भनिन्, ‘फाइभ जी अघि सरकारले ठूलो लगानी गरेर फोर जीको पूर्वाधार तयार गरे पनि त्यो लगानी खेर जाने स्थिति आएको छ । फोर जी राम्रोसँग नचल्दै फेरि फाइभ जीमा लगानी गर्दा सरकारी लगानी खेर जाने डर उत्पन्न समेत भएको छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस