नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि भन्सार विभागलाई आग्रह गरेको छ । आज नाडाका अध्यक्ष ध्रुव थापाूको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेटगरी भन्सार नाकाहरुमा लामो समय देखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि आग्रह गरेका हुन् ।
नाडाद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छः
आज मिति २०७९ साल फागुन ११ गते, नाडाका अध्यक्ष श्री धु्रव थापाज्यूको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक श्री चक्रबहादुर बुढासंग भेटगरी भन्सार नाकाहरुमा लामो समय देखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि आग्रह गर्नुभएकोे छ । उक्त समाचार यहाँको प्रतिष्ठित दैनिक पत्रिका र अनलाईन पत्रिका र टेलिभिजनबाटबाट प्रचार प्रसार गरि दिनु हुनहार्दिक अनुरोध गर्दछु ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस