जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको नेतृत्वमा नयाँ समिकरण बनाउने प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् । तर, त्यसको लागि पावर सेयरिङ जसपालाई उपराष्ट्रपति हुनुपर्ने अडान लिएका छन् । यादव सुरुवातदेखि नै उपराष्ट्रपति पाउनुपर्ने अडानमा छन् ।
प्रधानमन्त्री दाहालले कांग्रेसलाई राष्ट्रपति दिने वचन दिइसकेका छन् । तर, कांग्रेससँग गठबन्धन बनाउनुअघि उनले यादव नेतृत्वको जसपा र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको साथ खोजेका छन् । दुवै दलले प्रचण्डको प्रस्तावलाई सहर्ष स्विकारेका छन् । तर, कांग्रेससहितको नयाँ गठबन्धन बनाउनुअघि जसपा र नेकपा (एस) ले शक्ति बाँडफाँडको सुनिश्चित्ता खोजेको छ ।
उनले नयाँ गठबन्धनले आफ्नो दललाई उपराष्ट्रपति दिए नयाँ समिकरणलाई साथ दिने वचन दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस