निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औँ बार्षिक साधारणसभा आज फागुन १२ संस्थाको केन्द्रिय कार्यलय नक्साल काठमांडौमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभाले लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले संस्थापक सेयरधनी समूह र साधारण समूहबाट २-२ जना संचालकहरुको निर्वाचन समेत गर्नेछ । सभाले गत आर्थिक बर्षको नोफा नोक्साना हिसाब पारित गरि चालु आर्थिक बर्षका लागि लेखापरिक्षकको नियुक्ति गर्नेछ ।
लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन २ बुकक्लोज गरेको थियो त्यसैले फागुन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस