विभिन्न २५ वटा कम्पनीले वार्षिक साधारण सभा डाकेका छन् । तीमध्ये, अधिकांश कम्पनीको लाभांश प्रस्ताव रहेको छ । ७ वटा कम्पनीका सेयरधनीहरूको भने हात खाली हुनेछ ।
साधारण सभा हुन लागेको कम्पनीको विवरण तल उल्लेख गरिएको छ :
१. इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे छैठाैँ वार्षिक साधारण सभा फागुन १३ गते, शनिबार सहमति (संस्था), नवलपरासीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेको हुँदा लाभांशमा कर छुट हुने भएकोले कर प्रयोजनको लागि रकम छुट्याएको छैन । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन २ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, फागुन १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
२. अपि पावर कम्पनी लिमिटेड
अपि पावर कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारण सभा फागुन १४ गते बानेश्वर ब्याङ्क्वेट थापागाँउ,काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभाले ७.५ प्रतिशत बोनस सेयर वितरण पश्चात् कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ४ गते बुकक्लोज गरिसकेको छ । त्यसैले फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
३. ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेडकाे १५ औँ वार्षिक साधारण सभा फागुन १४ गते, आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र ३.८० नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ २९ गते एक दिन बुकक्लोज गरेको थियाे । त्यसैले माघ २८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
४. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाचाैँ वार्षिक साधारण सभा फागुन २१ गते, आइतबार आगन्तुक रिसाेर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फागुन ५ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
५. मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा फागुन १७ गते न्यु बौवा होटल एण्ड गेष्ट हाउस, लालगढ धनुषामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्नेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फागुन ५ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
६. उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा फागुन १८ गते, बिहीबार बैजनाथ १, गाभर भ्याली (सामुदायिक हाेमस्टे), बाँकेमा सञ्चालन हुनेछ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन ४ गते एकदिन बुकक्लाेज गरेकाे थियाे । त्यसैले फागुन ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
७. स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २१औँ वार्षिक साधारण सभा फागुन १९ गते, शुक्रबार लैनचाैर ब्याङ्क्वेट काठमाडाैँमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ६.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १० गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, फागुन ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
८. प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २३ गते वार्षिक साधारण सभा गर्दैछ । कम्पनीकाे साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुनेमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १२ गते बुकक्लाेज गरेकाे छ । त्यसैले फागुन ११ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश सुरक्षित गर्न र सभामा भाग लिन सक्नेछन् ।
९. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा फागुन २९ बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले संस्थाकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश गरी कुल १२.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्नेछ । संस्थाले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १४ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
१०. ङादी ग्रुप पावर लिमिटेड
ङादी ग्रुप पावर लिमिटेडकाे नवौँ वार्षिक साधारण सभा फागुन २५ गते, बिहीबार युनियन हाउस, अनामनगर, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभाले कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १० गते बुकक्लोज गरिसकेको छ । त्यसैले फागुन ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
११. कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडकाे १५औँ वार्षिक साधारण सभा फागुन २२ गते पर्साको वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १० गते बुकक्लोज गरिसकेको छ । त्यसैले फागुन ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
१२. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते आफ्नो ११औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १७ गते, बुधबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
१३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । वार्षिक साधारण सभा बेस्ट रिसोर्ट नेपाल, लेकसाइड पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट १२% बोनस सेयर र कर प्रयोजनसहित ८% नगद गरी कुल २०% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १६ गते, मंगलबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
१४. सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडकाे छैठाैँ वार्षिक साधारण सभा फागुन २६ गते, मर्स्याङ्दी, रिभर भ्यू रिसाेर्ट, बन्दिपुर-५, तनहुँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाले गत आर्थिक वर्षको नाफाबाट १८% बोनस सेयर र कर तिर्न ०.९५% नगद गरी जम्मा १८.९५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १४ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
१५. बरुण हाईड्रोपावर कम्पनी लिमिटेड
बरुण हाईड्रोपावर कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा फागुन २८ गते युनियन हाउस अनामनगर काठमांडौमा बिहान १० बजेदेखि सुरु हुने छ ।कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन । सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुनेछन् । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
१६. युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ गते वार्षिक साधारण सभा बोलाएको छ । संस्थाकाे वार्षिक साधारण सभा होटल सेन्ट्रल प्लाजा, कोहलपुर न.पा. वडा –४ बाँकेमा बिहान १० बजेबाट सुरु हुनेछ । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेकाे छैन । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । संस्थाले साधारण सभा प्रयोजनका लागि फागुन २२ गते बुकक्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन २१ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
१७. सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ८औँ वार्षिक साधारण सभा चैत्र ४ गते दुगौ पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।सभाले संस्थाकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ११.५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २१ बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
१८. गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ बार्षिक साधारणसभा चैत्र २५ गते ह्वाईट हाउस पार्टी प्यालेस दुलेगौँडा तनहुँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ त्यसैले यो पटक सेयरधनीहरुको हात खाली हुनेछ ।लघुवित्तले साधारण सभा तथा लाभांश प्रयोजनार्थ चैत्र १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले चैत्र १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
१९. डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा होटल सेभेन स्टार सौराहा, चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा संस्थाले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनहित ११.०५२% नगद लाभांश गरी कुल २१.०५२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १९ गते बुकक्लोज गर्ने भएको छ । फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
२०. आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा फागुन ३० गते, गौतम भिलेज रिसोर्ट, बनेपा न.पा. ११ सिनागल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा यस संस्थाले २०% बोनस सेयर र कर तिर्न १.०५% नगद लाभांश गरी जम्मा २१.०५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १६ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले, फागुन १५ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
२१. न्यादी हाईड्रोपावर कम्पनी लिमिटेड
न्यादी हाईड्रोपावर कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा चैत्र ६ गते कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन । सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
२२. छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एक्काइसाैँ वार्षिक साधारण सभा चैत्र १० गते, शुक्रबार, हेटाैँडा-४ मकवानपुरस्थित हाेटल सामनामा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन २५ गतेदेखि चैत्र १० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले फागुन २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
२३. नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेको ८ औँ वार्षिक साधारण सभा चैत्र ८ गते नौबिसे एग्रो रिसोर्ट, धादिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले रद्द गरेकाले सेयरधनीहरुले यो पटक लाभांश प्राप्त गर्ने छैनन् । संस्थाले साधारण सभा प्रयोजनको लागि फागुन २१ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
२४. नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड
नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सभा चैत्र ३ गते डेलिस ओपेरा रेष्टो एण्ड ब्याङ्क्वेट बालुवाटार काठमाडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यो वर्ष सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ । यसर्थ यसपटक कम्पनीकाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूकाे हात खाली हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
२५. याक एण्ड यती होटल लिमिटेड
याक एण्ड यती होटल लिमिटेडले चैत ३ गते ४६औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभा रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि फागुन १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले फागुन ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेकाे छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस