Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश र हकप्रद प्रस्ताव पारित गर्दै अपि पावरकाे एजीएम सम्पन्न (फाेटाे फिचर)

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १४ : ३८ मा प्रकाशित

लाभांश र हकप्रद प्रस्ताव पारित गर्दै अपि पावरकाे एजीएम सम्पन्न (फाेटाे फिचर)

अपि पावर कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (फागुन १४ गते, आइतबार) सम्पन्न भएकाे छ । कम्पनीको १९ औँ वार्षिक साधारण सभा फागुन १४ गते बानेश्वर ब्याङ्क्वेट, थापागाँउ,काठमाडौँमा सञ्चालन गरिएकाे थियाे ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

यसका साथै, सभाले ७.५ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव समेत पारित गरेकाे छ ।  कम्पनीले हकप्रद निष्काशनका लागि नियामक निकाय बिद्युत नियमन आयागबाट पुर्वस्विकृत प्राप्त गरिसकेको छ ।

त्यसैगरी, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गरिएकाे छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएकाे छ ।  

 

63fb26652d9c0.jpg 63fb2670ba5c6.jpg 63fb2678d9737.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको