Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा झिनो सुधार, कारोबार भने साढे दुई अर्ब भन्दा माथि

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १५ : ०८ मा प्रकाशित

नेप्सेमा झिनो सुधार, कारोबार भने साढे दुई अर्ब भन्दा माथि

आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झिँनो सुधार देखिएकाे छ । आज नेप्से ४.५५ अंकले बढेर दुई हजार २७ दशमलव १९ विन्दुमा बन्द भएको हो। 

गत साताको अन्तिम दिन (बिहिबार) नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ विन्दुमा बन्द भएको थियो। 

आज नेप्सेमा दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार  बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको