Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, ०७ : ५६ मा प्रकाशित

लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । कम्पनीको फागुन १४ गते आईतबार बसेको सचालक समिती बैठकले गरेको निर्णय अनुसार ५६ औँ बार्षिक साधारणसभा चैत्र १० गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमौडौमा दिनको १२ः१५ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै सभाले साधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको समेत निर्वाचन गर्नेछ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २६ गतेदेखि चैत्र १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको