Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री विष्णु पौडेलको राजिनामाले सेयर बजारमा कस्तो प्रभाव पार्ला ?

निशा हुमाँगाई

सोमबार, १५ फागुन २०७९, १७ : ४५ मा प्रकाशित

अर्थमन्त्री विष्णु पौडेलको राजिनामाले सेयर बजारमा कस्तो प्रभाव पार्ला ?

एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै अर्थमन्त्री विष्णु पाैडेलले पानि राजिनामा दिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले अहिले ३ बजे बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' समक्ष राजीनामा बुझाएका हुन् । 

लगानीकर्ताहरूले "बुलिस मन्त्री" काे उपनाम दिएका उनै मन्त्री पाैडेलकाे राजिनामाले सेयर बजारमा कस्ताे प्रभाव पार्ला भन्ने आम लगानीकर्ताहरूको चासोको विषय बनेको छ ।  लगानीकर्ताकाे यही चासाे मेटाउने हेतुले हामीले ब्राेकर सञ्चालक, प्राविधिक विश्लेषक र लगानीकर्ताहरूसँग कुरा गरेर उनीहरूकाे धारणा बुझेका छाैँ ।

अर्थमन्त्री विष्णु पौडेलको राजिनामाले सेयर बजारमा कस्तो प्रभाव पार्ला ? भन्ने सन्दर्भमा उनीहरूसँग लिइएकाे धारणा तल प्रस्तुत गरिएकाे छ :

प्रेम अग्रवाल (सञ्चालक, सुमेरू सेक्युरिटिज)

सेन्टिमेन्टले सधैँ मार्केटलाई असर गर्ने सुमेरू सेक्युरिटिज अर्थात् ब्राेकर नम्बर ३९ का सञ्चालक प्रेम अग्रवाल बताउँछन् । अर्थ संसारसँग कुराकानी गर्दै उनले भने, "नेपालमा मात्र हाेइन सेन्टिमेन्टले मार्केटलाई जहिले पनि वर्ल्डवाइड रूपमा नै असर गर्दछ । पाेलिटिकल चेञ्ज हुँदा स्ट्याबिलिटी नहुँदा यसकाे सेन्टिमेन्ट मार्केटमा आउनु अप डाउन हुनु एकदमै स्वभाविक हो । त्यस्ताे खराबै वर्स्ट केस केही देखिँदैन । पहिला देशकाे स्थिती त्यती गाह्राे हुँदा पनि मार्केट १८०० भन्दा तल गएकाे थिएन । अहिले त्यस्ताे आत्तिनु पर्ने चाहीँ म देख्दिँन । तर पनि मार्केटकाे सेन्टिमेन्टकाे कुरा हाे । त्यसले चाहीँ अब जहाँ पनि असर गर्छ ।"

सन्दिप चाैधरी, प्राविधिक विश्लेषक

प्राविधिक विश्लेषक सन्दीप चाैधरी अर्थमन्त्री विष्णु पौडेलको राजिनामाले बजारलाई खासै प्रभाव नपार्ने बताउँछन् । यस कुरालाई आजको मार्केटले पनि रियाक्ट गरिसकेको उनले बताए । "पहिला निकै तल झरिसकेको बजार अन्तिम प्रहरमा बाउन्स ब्याक भयो । मार्केट बाउन्स ब्याक हुँदा अर्थमन्त्रीको राजिनामाको खबर बाहिरी सकेको थियो । त्यसैले पनि यसले खासै प्रभाव नपर्ने आजै पुष्टी भयो । समग्रमा मार्केट पोजेटिभ नै हुन्छ र माथितिरै जान्छ।" उनले भने ।

दुर्गा तिवारी, लगानीकर्ता

लगानीकर्ता दुर्गा तिवारी पनि अर्थमन्त्री विष्णु पौडेलको राजिनामाले बजारमा ठूलाे फरक नहुने बताउँछिन् । अर्थ संसारसँग कुराकानी गर्ने क्रममा उनले भनिन्, "अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै सेयर बजारका नीतिगत कुराहरू सुधार हुने आम लगानीकर्ताहरूको अपेक्षा थियो । तर उनकाे आगमनपछि पनि खासै सुधार भएन । अर्थमन्त्री पाैडेलबाट सुधारका लागि केही काम भएका भए उनी जाँदा प्रभाव पार्थ्याे हाेला तर अब भने त्यस्ताे ठूलाे फरक हुँदैन ।" "बजार २२७७ को हाई लगाएर तल झर्दै गर्दा खेरी एमाले सरकारबाट बाहिरिन्छ की, राष्ट्रपतिको चुनावअघि विवाद हुन्छ की भन्ने पहिले थाहा थियो र आखिर सोचेको जस्तै भयो, नयाँ कुरा भएन । सुरूमा केही लगानीकर्ताहरू प्यानिक हुँदा उहाँहरूले रेसपोन्स गर्नुभयो सेल पनि गर्नुभयो त्यो हुँदा बजार तल झर्यो । पछि फेरि एउटा नेता बस्दा वा छाड्दा त्यसले केही प्रभाव हुँदैन भने बुझेपछि चाहीँ बजार राम्रै अंकले बाउन्स ब्याक भाको अवस्था छ ।", उनले भनिन् । 

दिपेन्द्र अग्रवाल, लगानीकर्ता

अर्थमन्त्रीको राजिनामापछि पनि बजार पोजेटिभ नै रहने अर्का लगानीकर्ता दिपेन्द्र अग्रवाल बताउँछन् । अर्थ संसारसँगको कुराकानीमा उनले भने, "अब जोपनि मन्त्री आउनु हुन्छ उहाँले पूँजी बजारको महत्व बुझिसकेको हुन्छ । पूँजी बजारलाई कसैले पनि बाईपास गरेर राजनीति गर्छु भनेर नसोच्दा हुन्छ किनभने यो आर्थिक पाटो हो । अब कांग्रेसको अर्थमन्त्री आएपनि वा अरू कुनै पार्टीको आएपनि तिनीहरूले सेयर बजारलाई पोजेटिभ नै हेर्छ, पोजेटिभ नै ह्याण्डल गर्छ ।" र सिडी रेसियाेहरू घटिरहनु, ब्याजदर घटिरहनु मुख्य प्रभाव रहेकाे उनी बताउँछन् । यी सबै कुराले बजारमाथि नै जाने उनले बताए । २-४ दिन केही प्रभाव परेपनि अन्तत: बजार माथि नै जाने उनकाे धारणा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको