Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको २ लाख ९६ हजार कित्ता सेयर आजबाट बिक्रीमा

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, ११ : १३ मा प्रकाशित

कुमारी बैंकको २ लाख ९६ हजार कित्ता सेयर आजबाट बिक्रीमा

कुमारी बैंकको २ लाख ९६ हजार कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ। बैंकले फागुन १६ गतेबाट संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो। 

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथ अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ता र सोभन्दा बढीका लागि १००० ले भाग जाने संख्यामा खरिद आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय १९ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको काठमाण्डौको नक्साल नागपोखरीस्थित कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो फागुन ३० गतेसम्म तोकिएको छ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको