Like us!
Follow us!
Connect us!
Watch us!

बेर्नार्ड अर्नाल्टलाई पछि पार्दै एलन मस्क पुनः बने  विश्वकै धनि व्यक्ति

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, ११ : ३२ मा प्रकाशित

बेर्नार्ड अर्नाल्टलाई पछि पार्दै एलन मस्क पुनः बने  विश्वकै धनि व्यक्ति

स्पेस एक्स तथा टेस्लाका संस्थापक एलन मस्क पुनः विश्वकै धनि व्यक्ति बनेका छन् । ब्लुमबर्ग इन्डेस्कका अनुसार मस्कले फ्रान्सका बेर्नार्ड अर्नाल्टलाईपछि पार्दै पुनः विश्वको धनी व्यक्ति बनेका हुन् ।

ब्लुमबर्गको पछिल्लो अपडेट अनुसार मस्कको अहिले कुल सम्पत्ति १ सय ८७ बिलियन डलर रहेको छ । त्यस्तै यसअघि शिर्ष स्थानमा रहेका फ्रान्सका आर्नाल्टको हाल १ सय ८५ बिलियन डलर रहेको छ ।

त्यसैगरी तेस्रो नम्बरमा अमेजनका संस्थापक जेफ बेजोस छन् । उनको सम्पत्ति ११७ बिलियन डलर रहेको छ भने बिल गेट्स ११४ बिलियन डलरसहित चौथो स्थानमा रहेका छन् । त्यसैगरी वारेन बफेट १०६ बिलियन डलरसहित पाँचौ, लारी एलिसन १०२ बिलियन डलरसहित छैटौं, स्टिभ बाल्मेर ८९.४ बिलियन डलरसहित सातौं, लारी पेज ८४.७ बिलियन डलरसहित आठौ, कार्लोस स्लीम ८३.२ बिलियन डलरसहित नवौं र मुकेश अम्बानी ८१.१ बिलियन डलरसहित दशौँ स्थानमा रहेका छन् ।

त्यस्तै पछिल्लो समय लगातार सम्पती गुमाइरहेका भारतका व्यापारी गौतम अदानी ३८.७ बिलियन डलरसहित ३२औं स्थानमा झरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको