Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले भन्यो- लघुवित्तले १५ प्रतिशत बढी ब्याज लिए उजुरी दिनुस्

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १२ : ३१ मा प्रकाशित

राष्ट्र बैंकले भन्यो- लघुवित्तले १५ प्रतिशत बढी ब्याज लिए उजुरी दिनुस्

लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीबाट १५ प्रतिशतभन्दा ब्याजदर असुली गरे आफूसमक्ष उजुरी गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । 

राष्ट्र बैंकले आज (मंगलबार) चेतनामूलक सन्देश जारी गर्दै लघुवित्त वित्तीय संस्थाका लागि १५ प्रतिशत अधिकम ब्याजदर तोकिएकाले त्योभन्दा बढी कर्जा असुली गरेको अवस्थामा सिधै आफूसमक्ष उजुरी गर्न भनेको हो ।

‘लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ । हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन,’ राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको