Like us!
Follow us!
Connect us!
Watch us!
रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा समर्थन गर्ने

सरकार छाड्नुपर्ने कुनै परिस्थिति आएको छैन: सीके राउत

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १५ : ३८ मा प्रकाशित

सरकार छाड्नुपर्ने कुनै परिस्थिति आएको छैन: सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत अर्थात् सीके राउतले आफूहरू सरकारबाट नबाहिरिने बताएका छन्। आज (मंगलबार) काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।  

उनले जनमत पार्टीका लागि सरकार छाड्नुपर्ने कुनै परिस्थिति नआएको स्पष्ट पारे। उनले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताए।

सरकारमा सामेल भएका दलहरू फेरिने भए पनि सरकार नफेरिने उनको भनाइ छ । जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिनु नहुने पक्षमा रहेकाले पनि रामचन्द्र पौडेललाई समर्थन गरेको उनको भनाइ थियो। राष्ट्रपति र सभामुख एउटै दलको भए निरंकुशता जन्मिने सक्ने उनले तर्क गरे।

आगामी राष्ट्रपतिले संसदबाट पारित भएका विधेयकहरूलाई उदारतापूर्वक प्रमाणीकरण गर्नुपर्ने उनले बताए। उनले नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलनलगायत आफ्नो पार्टीले उठाएका एजेण्डा सम्बोधन हुने अवस्था नआए सरकारलाई गरेको समर्थन फिर्ता हुनसक्ने बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको