Like us!
Follow us!
Connect us!
Watch us!
उपेन्द्रलाई बारा–२ का जनताले बहिष्कार गर्ने राउतको उद्घोष

उपेन्द्रतर्फ इसारा गर्दै राउतले भने– षड्यन्त्र गरेर कसैलाई चोर बाटोबाट संसद्मा पसाउन जालझेल रचियो

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १३ : ३३ मा प्रकाशित

उपेन्द्रतर्फ इसारा गर्दै राउतले भने– षड्यन्त्र गरेर कसैलाई चोर बाटोबाट संसद्मा पसाउन जालझेल रचियो

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले षड्यन्त्र गरेर उपेन्द्र यादवलाई चोर बाटोबाट संसद्मा पसाउनका लागि जालझेल रचिएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीमा स्वागत गराउँदै यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी जनताको उद्वारका लागि मात्रै नभएर अन्यायमा परेका नेताहरुको उद्वारका लागि बनेकोे दाबी गरेका छन् । 

माओवादीका कारण कुशवाहा पटक–पटक अन्याय र बहिष्करणमा परेको उनको भनाई छ । जनमत पार्टीले विभिन्न पार्टीमा रहेर विभिन्न आन्दोलनको नेतृत्व गरेका तर बहिस्करण र अन्यायमा परेका नेताहरुको सम्मान गर्दै आएको उनले स्मरण गराए ।

कुशवाहालाई पार्टीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको भन्दै उनले बैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा जितको अग्रिम शुभकामनासमेत दिए । बारा–२ मा षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको उनको दाबी छ ।  ‘षड्यन्त्र गरेर कसैलाई चोर बाटोबाट संसद्मा पसाउनका लागि जालझेल रचियो । बारा–२ मा जवर्जस्ती सिट खाली गर्न लगाइयो । त्यहाँका जनताको जनमतको अपमान भयो । भोट दिएको तीन महिना नगुग्दै खाली गराउनु भनेको जनमतको घोर अपमान हो,’– उनले भने । 

सिट खाली भएर संसद्मा घोषणा हुन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा भएको उनले बताए । साथै, निर्वाचन आयोगका प्रमुख आयुक्तले महिलाबाहेक उम्मेदवार बन्न सक्दैनन् भनेको अवस्थामासमेत सत्ताको आडमा पुरुष उम्मेदवारलाई निर्वाचित गराएको उनको आरोप छ । उनले बारा–२ मा उपेन्द्र यादवलाई त्यहाँका जनताले बहिस्कार गर्ने दाबी गरे। कुशवाहालाई त्यहाँका जनताले जिताउनेमा कुनै शंका नरहेको  उनले बताए । लोकतन्त्रलाई बचाउनका लागि पनि कुशवाहालाई त्यहाँका जनताले जिताउने उनको दाबी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको