Like us!
Follow us!
Connect us!
Watch us!

उपनिर्वाचन– बारा २ को मतगणना स्थलको लाइभ गर्न सिके राउतको माग

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, १२ : ४७ मा प्रकाशित

उपनिर्वाचन– बारा २ को मतगणना स्थलको लाइभ गर्न सिके राउतको माग

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा २ को उपनिर्वाचनको मतगणना स्थलको लाइभ गर्न माग गरेका छन् ।

आज सोमबार एक ट्विट गर्दै राउतले जसपाका कार्यकर्ताले गत मंसिरको निर्वाचनमा सप्तरी २ मा दंगा मच्चाएको स्मरण गराँउदै उक्त कार्य अहिलेपनि हुन् सक्ने कुरामा सचेत रहन आग्रह गरेका हुन्।

उनले लेखेका छन्  ‘बारा २ को मतगणना स्थलको लाइभ हुनुपर्छ।‌ सप्तरी–२ मा हामीले भोगिसकेका छौं, हार्न लागे पछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोशिश गरेका थिए, प्रहरी प्रमुखको मिलेमतो थियो नै। बारा२ मा सुवर्ण गा.पा का ४ बटा बाकसको सिल टुटेको भेटिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको