Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तले बदल्यो सुनिताको जीवन

भूमिका विष्ट

बुधबार, १७ फागुन २०७९, १४ : २९ मा प्रकाशित

लघुवित्तले बदल्यो सुनिताको जीवन

धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं. ६ ढल्केवर स्थायी घर भएकी सुनिता खड्काको आर्थिक अवस्था निकै नाजुक थियो । सामान्य खेतीपातीमा निर्भर उनको परीवारलाई खेतीपातीबाट मुस्किलले ७/८ महिना मात्रै छाक टार्न पुग्थ्यो। घर खर्च चलाउन  पनि धौ धौ हुँदा सुनिताको परिवारलाई समान्य कर्जा पनि पहाड उठाउनु झैं थियो ।

आर्थिक अभावले सताईरहेकै बेला सुनिता २०७४ माघ २५ गते महिला अधिकार तथा विकास केन्द्रमा सहभागी भईन् । उनले त्यहाँ मासिक तिन सय रुपैयाँ बचत गर्नु पर्ने हुन्थ्यो । उनि उक्त संस्थामा सहभागी भएपछि बचतको लागि श्रीमानलाई  भन्नु पर्ने हुन्थ्यो ।  बचतको लागि पनि यसरी श्रीमानलाई भनिरहँदा सुनितालाई निकै नमज्जा लाग्थ्यो ।

वि. सं २०७५ सालमा सुनिताले आफै केही गर्ने सोच बनाईन् । त्यसपछि उनले संस्थाबाट २० हजार रुपैयाँ कर्जा लिई किराना पसल संचालनमा ल्याईन् । किराना पसलका साथै उनले २०७५ सालमा नै डेरी पनि संचालन गर्ने सोचिन जसका लागि उनले संस्थाबाट ५० हजार रुपैयाँ कर्जा लिईन् । उनको व्यवसाय निकै फस्टायो । सुनिताले आफना २ जना छोरालाई निजी स्कुलमा पढाइरहेकी छिन्। उनी अहिले दुध संकलन गरी  बिक्रि गरिरहेकी छिन् ।

उनि अहिले मासिक ३० देखी ३५ हजारसम्मको आम्दानी गर्ने भएकी छिन् । आफ्नै कमाईले उनले आफना छोराहरुलाई राम्रो शिक्षा पनि दिईरहेकी छिन् भने पहिलेभन्दा अहिले उनको आर्थिक अवस्थामा पनि निकै सुधार आइसकेको छ । उनले आफनै कमाईबाट ढल्केवरमा  १० धुर घडेरी पनि किनेको बताईन् । वित्तीय संस्थामा शुरुमा ३०० रुपैयावाट शुरु गरेको वचत आज रु ३७ हजार माथि रहेको छ । महिला लघुवित्त वित्तीय संस्थाबाट लिएको कर्जाले सुरु गरेको व्यवसायवाट आफू आत्मनिर्भर भएको देखेर सुनिताका गाउँका अन्य  दिदी बहिनीहरुले  पनि आ।आफ्नो व्यवसाय  गर्न थालेका छन् ।  सुनिता अहिले उनीहरुलाई पनि हौसला दिइरहेकी छिन् ।  

सुनिताले ठूलो संघर्षका साथ १० जना दिदि बहिनी जम्मा गरि केन्द्र गठन गरेको अनुभव पनि सुनाईन । उक्त समूहले सामुहिक जमानीमा  कर्जा लिई व्यवसाय सफल गर्न सकिंदैन  कि भन्ने डर  पनि उनमा रहेको थियो । अन्य सदस्य दिदी बहिनीले कर्जा दुरुपयोग गरी अहिले अप्ठ्यारोमा परेको र ति दिदीबहिनीहरुलाई कर्जाको दुरुपयोग नगर्न सधै सल्लाह दिदै आएको सुनिताले बताईन्  ।

सुनिता खड्काले आफूले अप्ठ्यारो पर्दा पनि हतोत्साहित नभइकन समूह केन्द्रलाई निरन्तरता दिदै समस्या समाधान गर्न सफल भईन् ।  सफल व्यवसायी वन्ने अठोट लिईरहेकै वेला विचमा कोरोनाको लकडाउनले व्यवसायमा केहि प्रभाव परेको तर फेरि विस्तारै सफल बन्ने अठोटले आफ्नो काममा निरन्तरता दिईरहेको र फलस्वरुप अहिले आत्मनिर्भर भएकी छिन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको