Like us!
Follow us!
Connect us!
Watch us!

साथीको विवाहमा जीवन बीमा उपहार !

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १४ : १९ मा प्रकाशित

साथीको विवाहमा जीवन बीमा उपहार !

सखुवा, महेन्द्रनगर–८, धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन् ।

प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजिव कुमार पण्डितको यही फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन् । प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवन बीमा योजना उपहार दिएका हुन् ।

आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले  बताए । विवाहमा अन्य जिन्सी उपहार दिनु भन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे । यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट सिनियर एजेन्सी म्यानेजर एमडी सिराजुल आलम र बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो । राजिव कुमार पण्डितको विवाह नेहा भारतीसँग भएको थियो । दुलाहा राजिव कुमार पण्डित ग्लोवल आइएमइ बैंक कुमारीपाटी शाखामा कार्यरत छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको