नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई साथीहरुले जवान भनेर हौसला थपिदिएको बताएका छन् । आज (शुक्रबार) ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मोतीदेवी स्मृति केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधन गर्दै उनले भने, ‘साथीहरुले ओहो तपाईं त जस्ताको तस्तै जवान हुनुहुन्छ भन्छन् । घरिघरि त म ऐना हेर्छु ।’ साथै, मोतीदेवी स्मृति केन्द्रले महिलाको हक हितका लागि खेलेको भूमिका अविश्मरणीय रहेको उनले बताए ।
महिलाको हक र अधिकार स्थापित् गर्न र भएका उपलब्धिहरुलाई जोगाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन आवश्यक रहेको उनले औंल्याए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस