Like us!
Follow us!
Connect us!
Watch us!

गगन थापाको स्पष्टोक्ति– गठबन्धनमा भएको सहमतिबाट काँग्रेस दायाँ–बायाँ हुँदैन

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १६ : ३९ मा प्रकाशित

गगन थापाको स्पष्टोक्ति– गठबन्धनमा भएको सहमतिबाट काँग्रेस दायाँ–बायाँ हुँदैन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन्। राष्ट्रपतिको चुनावको सन्दर्भमा आज काठमाडौँमा आयोजित संयुक्त गठबन्धन दलहरूले आयोजना गरेको अभिमुखीकरणमा उनले यस्तो बताएका हुन्।  

उनले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँ–बायाँ नलाग्ने समेत स्पष्ट पारे । अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले भने, ‘आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो।’ 

कांग्रेस संविधान कार्यान्वयन र नागरिकमा परिवर्तनको आभास दिन प्रतिबद्ध रहेको भन्दै उनले गठबन्धनलाई पाँच वर्ष काम नगर्ने छुट नभएको बताए । महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको जिकिर पनि गरे । पौडेल गणतन्त्र स्थापना, लोकतन्त्र र संविधानका लागि लडेको निष्ठावान् व्यक्ति भएको भन्दै उनले राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने बताए  । उनले उपराष्ट्रपतिको चुनावपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्नेसमेत बताए  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको