नेकपा (एमाले)ले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएको छ । संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको प्रदेश सभा सदस्य सुरेन्द्र पालले जानकारी दिएका हुन् ।
मुख्यमन्त्री शाहले आज (आइतबार) विश्वासको मत लिने तयारी गरेका छन् । उनलाई नेकपा (माओवादी केन्द्र)ले पनि विश्वासको मत नदिने बताएको छ । नागरिक उन्मुक्ति पार्टीले शक्ति बाँडफाँटमा लिखित सहमति मागेको छ ।
२६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । सोही दिन ठूलो पार्टीको हैसियतमा नेपाली कांग्रेसका शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस