Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्याे एजीएम, बुकक्लाेज कहिले ?

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १० : २१ मा प्रकाशित

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्याे एजीएम, बुकक्लाेज कहिले ?

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे साधारण सभा चैत्र २० गते काठमाडौँको आम्रपाली ब्यान्क्वेटमा, बिहान साढे १० बजेदेखि सञ्चालन हुनेछ ।

सभामा कम्पनीकाे मंसिर १६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३१५८ प्रतिशत नगद गरी कुल १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत १३ गते एकदिन बुक क्लोज गर्ने भएको छ । त्यसैले चैत १२ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको