Like us!
Follow us!
Connect us!
Watch us!

बजार महँगी आकासियो, मूल्य वृद्धि ८ प्रतिशत नजिक

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १४ : २५ मा प्रकाशित

बजार महँगी आकासियो, मूल्य वृद्धि ८ प्रतिशत नजिक

नेपाल राष्ट्रबैंकले माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता महंगी ७.८८ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको माघ महिनामा महंगी ६.२४ प्रतिशत रहेको थियो । यो महिनामा खाद्य तथा पेय पदार्थ समूहको महंगी ६.१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महंगी ९.२२ प्रतिशत रहेको केन्द्रिय बैंकले जनाएको छ ।

बैंककाअनुसार गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९।७८ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत महंगी रहेको छ । २०७८ माघ महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत महंगी रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको