Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर एकल बिन्दूमा झार्न आवश्यक छलफल गरी निर्देशन दिइसकेको छुः प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १४ : ४७ मा प्रकाशित

ब्याजदर एकल बिन्दूमा झार्न आवश्यक छलफल गरी निर्देशन दिइसकेको छुः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसिलो मौद्रिक नीतिले बैङ्कको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल बिन्दुमै सीमित राख्न सकिनेमा आफू छलफल गरिरहेको बताएका छन् । आज (आइतबार) प्रधानमन्त्री प्रचण्डले नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले कसिलो मौद्रिक नीतिले बैङ्कको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल बिन्दुमै सीमित राख्न सकिन्छ भन्नेबारे नेपाल राष्ट्र बैङ्क र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिइसकेको जानकारी दिए। 

उनले भने, ‘देशको अर्थतन्त्र अहिले पनि सजिलो अवस्थामा छैन । तर, आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन । गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक सङ्कटमा परिहाल्ने हो कि, त्यसले सिङ्गो देशको स्वाधीनता र अस्तित्व सङ्कटमा पर्ने हो कि भन्नेजस्तो परिस्थिति विद्यमान थियो । कसिलो मौद्रिक नीतिले बैङ्कको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल बिन्दुमै सीमित राख्न सकिन्छ भन्नेबारे नेपाल राष्ट्र बैङ्क र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिएको छु ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको