Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकको अर्थतन्त्र सजिलो अवस्थामा नरहे पनि आत्तिनुपर्ने अवस्था छैनः प्रचण्ड

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, ०७ : ११ मा प्रकाशित

मुलुकको अर्थतन्त्र सजिलो अवस्थामा नरहे पनि आत्तिनुपर्ने अवस्था छैनः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र सजिलो अवस्थामा नरहे पनि आत्तिनुपर्ने अवस्था नरहेको र मुद्रास्फीति नियन्त्रणभित्रै रहेको बताएका छन् । आईतबार निर्माण व्यबसायीहरुको साधारणसभालाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् । 

छिमेकी केही मुलुक वैदेशिक मुद्राको घट्दो सञ्चितिबाट आर्थिक रूपले कठिन अवस्थामा परेको उल्लेख गर्दै नेपालसँग १० महिनाभन्दा बढीका लागि वस्तु तथा सेवा धान्ने अवस्था रहेको र यसले हाम्रो अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको दावी समेत गरे । 

उनले अनावश्यक खालका चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीका बाँकी रहेका भुक्तानी समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको स्पष्ट पारे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको