Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंक घेराउमा उद्योगी व्यवसायी, यस्ता छन् माग

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, ११ : ३८ मा प्रकाशित

राष्ट्र बैंक घेराउमा उद्योगी व्यवसायी, यस्ता छन् माग

आन्दोलनका अनेकौँ कार्यक्रम अन्तर्गत आज सोमबार उद्योगी व्यवसायीहरुले राष्ट्र बैंक घेराउ गर्ने भएका छन् ।  बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा आज राष्ट्र बैंक घेराउ गरिन लागेको हो । यही समितिले हिजो पनि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको थियो ।

यस्ता छन् समितिका माग :

- एकल अंकको ब्याजदर कायम हुनुपर्ने,

- उद्योग र व्यापारको ब्याजदरमा २ प्रतिशतको फरक हुनुपर्ने,

- आधार दरमा प्रिमियम बढीमा २ प्रतिशत मात्र थप हुनुपर्ने,

- चालु पूंजी निर्देशिका खारेज गरि व्यवहारिक बनाइनु पर्ने,

- विभिन्न वित्तिय सेवा शुल्कहरु कम गरी सर्वसाधारणलाई वित्तिय सेवा ५० प्रतिशत निःशुल्क गर्नुपर्ने,

- हालको असहज अवस्थाका कारण कर्जाहरुको पूनःसंरचना र पून तालीकरण गर्न पाउनु पर्ने तथा संस्थागत व्याजदर बचत व्याजसम्म कायम हुनुपर्ने,

 - स्प्रेड दर बढीमा २ प्रतिशत र आधार दर बेस रेट गणना तरीका सार्वजनिक गरिनुपर्ने ।        

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको