बीवाइडी अटो इन्डष्ट्रि कम्पनी लि. को नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रा. लि. ले ३ युनिट अल न्यू इ६ गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ । बीवाइडी इलेक्ट्रिक सवारी साधनहरुको अग्रणी कम्पनीको रुपमा रहेको छ र कम्पनीले विश्वभरि ३० लाख New Energy Vehicle (NEV) को बिक्री गरिसकेको छ ।
नेपाल आयल निगमको दिगोपना र वातावरणीय जिम्मेवारीको अनुरुप नै ALL NEW e6 को खरिद प्रक्रिया अगाडी बढेको हो । शुन्य उत्सर्जन र कम संचालन खर्च रहेका 86 सवारी साधनहरु धेरै नै प्रभावकारी र वातावरण मैत्री रहेका छन् ।
नेपाल आयल निगमका प्रोजेक्ट र आइटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सूरज शाहका अनुसार " दिगोपनाको लागि प्रतिबद्धता अनुरुप इलेक्ट्रिक सवारी साधनहरुमा गरिएको लगानीमा हामीलाई गर्व लागेको छ । हामी विश्वस्त छौं कि इलेक्ट्रिक सवारी साधनहरु यातायातको भविष्य हुन् र आउने दिनहरूमा हाम्रा सवारी साधनहरुलाई इलेक्ट्रिकमा रूपान्तरित गर्ने अवसरहरुको खोजीमा छौं ।
साइमेक्स इन्क प्रा. लि. का प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार "BYD का EVs नेपाल आयल निगमद्वारा खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने र विद्युतिय सवारी साधनलाई प्रोत्साहन गर्न महत्वपूर्ण कदमको रुपमा लिन सकिन्छ । हामीलाई आशा छ कि यो सहकार्यले नेपालमा इलेक्ट्रिक सवारी साधनहरुको व्यापक प्रयोगको लागि उत्प्रेरकको रुपमा काम गर्नेछ र हरित, सफा भविष्यको लागि योगदान दिनेछ ।
All-New e6 नेपालमा सबैभन्दा लामो रेन्ज भएको EV हो जसको सिंगल चार्जमा ५२२ कि.मि. सम्म यात्रा गर्न सकिन्छ। यसमा स्टेट अफ द आर्ट ब्लेड ब्याट्री टेक्नोलोजी रहेको छ जसले सुरक्षा, भरपर्दो, परफरमेन्स र पावर डेन्सिटीमा नयाँ बेन्चमार्क सेट गरेको छ । All New e6 विश्वको पहिलो इलेक्ट्रिक सवारी साधन हो जसमा Bosch कम्पनी को IPB Intelligent Integrated Brake Control System जडित गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस