Like us!
Follow us!
Connect us!
Watch us!

बीवाइडीद्धारा प्रायोजित ‘चाइनिज न्यु इयर कप’ फुटबल सम्पन्न

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, ०७ : ०३ मा प्रकाशित

बीवाइडीद्धारा प्रायोजित ‘चाइनिज न्यु इयर कप’ फुटबल सम्पन्न

बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ सम्पन्न भएको छ । शनिबार दशरथ रंगशालमा भएको सो मैत्रीपूर्ण खेलामा नेपाली अन्डर–२३ टीमले चीनकोकिन्घाई युथ फुटबल टिमलाई ५–१ गोल अन्तरले हराउँदै विजयी भएको थियो ।

चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा संयूक्त रुपमा आयोजना गरिएको खेललाई बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले प्रायोजन गरेको हो ।

चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना भएको उक्त मैत्रीपूर्ण फुटबल म्याचसंगै नेपालको प्रख्यात म्यूजिक ब्याण्ड कुटम्वले बिभिन्न गीत प्रस्तुत गरेको थियो । साथै ड्रयागन, लायन र किरिन डान्सले दर्शकलाई अत्याधिक मनोरञ्जन प्रदान गरेको थियो । 

कार्यक्रममा चीनका राजदुत चेन सङ र नेपालको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहभागिता जनाएका थिए । कार्यक्रम भब्य रुपमा सफल भएको साइमेक्स इंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको