Like us!
Follow us!
Connect us!
Watch us!

साइमेक्स इंकले नेपालमा लन्च गर्‍यो बीवाईडी एट्टो ३

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, १४ : २३ मा प्रकाशित

साइमेक्स इंकले नेपालमा लन्च गर्‍यो बीवाईडी एट्टो ३

नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको कम्पनीको दाबी छ । नेपाल भित्रिएको दुई वर्ष भन्दा कम समयमै ३ हजार युनिट भन्दा बढी बीवाईडी एट्टो ३ नेपाली सडकमा गुँडिरहेका छन् । 

ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएको कम्पनीले जनाएको छ । हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको जनाइएको छ । 

यसका साथै यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ भने यसले गर्दा आधुनिकता प्रदान गरेको छ । बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको कम्पनीको भनाइ छ । 

बीवाईडी एट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ ।  एड्भान्स्डमा ४९.९२  किलोवाट आवरको ब्याट्री प्याक रहेको भने यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी सुपेरियरमा ६०.४८  किलोवाट आवरको ब्याट्री प्याक रहेको भने  यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । दुवैमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको