Like us!
Follow us!
Connect us!
Watch us!

बीवाइडी डल्फीन बन्यो ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, १६ : ३४ मा प्रकाशित

बीवाइडी डल्फीन बन्यो ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’

बीवाइडी कम्पनीको पछिल्लो सफल मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड यूरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ले प्रदान गर्दै आएको छ । 

प्रतिस्पर्धामा अवार्ड हात पर्दा डल्फिनले ठूला ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्न सफल भएको हो । उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर परेका थिए । अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिको थियो । त्यसको लागि यूरोपभरका ३१ देशबाट आएका अटोवेष्ट पत्रकारहरुले मतदान गरेर डल्फीनलाई अवार्ड दिएका हुन् । 

उनीहरुले डल्फीनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरिय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संख्या दिएका थिए । त्यसमा सुरक्षीत र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यसैले डल्फीनले २०।०५७ अंकसहित पहिलो स्थान सुरक्षीत गर्न सफल भयो । 

अटोवेष्टका जुरीले पहिलो पटक कुनै पनि बीवाइडीको मोडललाई ‘वेष्ट वाई कार अफ यूरोप २०२४ को अवार्ड दिएका हुन् । अवार्ड दिएपछि अटोवेष्टका अध्यक्ष भान भार्डीले भने, ‘बीवाइडी डल्फीनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ । हामीले दशककै सन्तुलित अटोवेष्ट प्रतिस्पर्धा गराएका छौं । यसमा डल्फीनले एक विद्युतीय साधनको रुपमा योग्य भएर शिर्ष उपाधि जित्न सफल भएको छ ।’

मूल्य र गुणस्तर

जुरीहरुले डल्फीनको प्रशंसा गर्ने क्रममा यसको साइज, आरामदायीता र ड्राइभिङ प्लेजरलाई मुख्य आधार बनाएका थिए । सानो साइजमा धेरै स्पेश पाउन सकिने भएको कारण यसले संसारभर जो कोहीलाई लोभ्याई रहेको छ । अर्को यसको मूल्य पनि विश्वभर नै सबैलाई आश्चर्य चकित बनाउने खालको छ । 

नेपालमा पनि केबल ३९ लाख ८० हजारमा डल्फीन खरिद गर्न पाइन्छ । कम्पनीले डल्फीन उपलब्ध सेग्मेन्टमा अन्य प्रतिस्पर्धी नरहेको दाबी गरेको छ । यसका साथै, बीवाइडीको ई–प्लेटफर्म ३.० को जुरीहरुले प्रशंसा गरेका थिए ।

यूरो एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सफल डल्फीन ३.० इ–प्लेटफर्म र ड्रागन फेस डिजाइनको कारण क्याविनमा प्रसस्त स्थान भएको कार हो । ह्याचव्याक सेग्मेन्टमा उपलब्ध डल्फीनको लम्बाई ४२९० मिलिमिटर, चौडाई छेउमा ऐना फोल्ड गरेको ठाँउसम्म २०१२ मिलिमिटर छ । 

डल्फीनमा २७०० एमएम लामो ह्वीलवेस दिइएको छ । यसमा ३४५ लिटर क्षमताको बुट स्पेश दिएको छ । अन्तर्राष्ट्रिय स्पेकमा ६०।४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । नेपालमा भने ५१ किलोवाट आवरको ब्याट्रीमा डल्फीन उपलब्ध छ ।

बीवाइडीको आफ्नै उत्पादन ब्लेड ब्याट्रीबाट सुसज्जीत भएकाले यसको टिकाउपन, सुरक्षा र पर्फमेन्स सबै उत्कृष्ट रहेको कम्पनीको भनाई छ । यो ब्याट्री कोबाल्ट, म्यानेजेज र निकेल रहित छ । यसमा लिथियम आइरन फस्फेट (एलएफपी) को प्रयोग गरिएको छ । 

अटोवेष्ट अवार्ड हात पारेपछि बीवाइडी यूरोपका प्रबन्ध निर्देशक मिचेल साउ भन्छन्, ‘यो पुरस्कार हाम्रा लागि निकै गर्वको कुरा हो । यहि पेसामा रहेका जुरीको निर्णयबाट पाएको अवार्डले नयाँ गाडी किन्न चाहने ग्राहकको ध्यान तान्नेमा म विस्वथ छु । यसले हामीलाई नयाँ प्रोडक्ट अझ उत्कृष्ट र कम मूल्यको ल्याउन प्रेरित गरेको छ ।’

अटोवेष्टका प्रमुख भान भार्डीले बीवाइडीका उत्पादन परिष्कृत हुँदै गएको प्रमाण यो अवार्ड भएको प्रतिक्रिया दिए । जुरीले निर्णय दिइसकेपनि यसको आधिकारीक घोषणा लक्जम्बर्गमा आयोजना हुन गइरहेको २३ औं अटोवेष्ट गालामा गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको