Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले ल्यायो मर्चेन्ट क्युआरमा बोनस अफर

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १२ : ३० मा प्रकाशित

एनएमबि बैंकले ल्यायो मर्चेन्ट क्युआरमा बोनस अफर

एनएमबि बैंकले विधुतिय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्य का साथ आफ्नो मर्चेन्टका लागि ‘क्युआर मा रु १००० बोनस’ अफर लिएर आएको छ । 

बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले रु १००० भन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिदा रु १००० को बोनस जित्ने मौका पाउनेछन् । उक्त योजना फाल्गुण १५ देखी सुरु भएको छ । र, सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी छ ।

एनएमबि बैंक विगत २६ वर्षदेखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । 

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेकको छ । 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको