राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयोक्त बैठक बोलाएको हो ।
बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिने जनाइएको छ । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ । हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिएको छैन । यद्यपी पुरुष उमेद्धारलाई मत नदिने मनस्थितमिा रहेको रास्वपाले एमाले उम्मेदवारालाई मत दिन सक्ने आंकलन गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस