Like us!
Follow us!
Connect us!
Watch us!

डीडीसीले बढायो दूधको भाउ, अब प्रति लिटर कति?

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, ११ : ५५ मा प्रकाशित

डीडीसीले बढायो दूधको भाउ, अब प्रति लिटर कति?

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आजदेखि दूधको मूल्य बढाएको छ। संस्थानले आज (बिहीबार)देखि लागू हुनेगरी दूधको मूल्य १६ रूपैयाँसम्म बढाएको हो ।

संस्थानकाअनुसार स्टान्डर्ड दूध ९निलो प्याकेटमा० प्रतिलिटर ११ रुपैयाँ बढेको छ। प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा आजदेखि बढेर ९७ रुपैयाँ पुगेको डीडीसीले जनाएको छ।

त्यस्तै गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ। गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ। क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढेको छ भने हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको