Like us!
Follow us!
Connect us!
Watch us!

डिडिसीले किसानलाई तिर्यो ४८ करोड रुपैयाँ

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, ०९ : ३३ मा प्रकाशित

डिडिसीले किसानलाई तिर्यो ४८ करोड रुपैयाँ

दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ । 

वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै संस्थानले १३ दिनमै ४८ करोड रुपैयाँ भुक्तान गरेको हो । संस्थान काठमाडौँ क्षेत्रमा सबैभन्दा धेरै १३ करोड किसान, विराटनगर क्षेत्रमा १० करोड, हेटौँडा क्षेत्रमा आठ करोड, लुम्बिनी क्षेत्रमा चार करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा दुई करोड ७५ लाख, धनगढी क्षेत्रमा एक करोड ५० लाख र जनकपुर क्षेत्रमा एक करोड रुपैयाँ भुक्तानी गरेको हो ।

केही महिना अघिसम्म डिडिसीले किसानलाई ७२ करोड भुक्तानी दिन बाकिँ रहेको थियो । बिक्री वितरणका कमी आउँदा किसानको रकम भुक्तान गर्न गार्हो परेपछि संस्थानले बिक्री नभई मौज्दातमा रहेको स्टक धितो राखेर ऋण लिई किसानलाई तिर्ने बताएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको