Like us!
Follow us!
Connect us!
Watch us!

किसानको उधारो तिर्न सरकारले डिडिसीलाई दियो ६० करोड ऋण

अर्थ संसार

शुक्रबार, २१ भदौ २०८१, ०७ : १५ मा प्रकाशित

किसानको उधारो तिर्न सरकारले डिडिसीलाई दियो ६० करोड ऋण

सरकारले दुग्ध विकास संस्थान (डिडिसी) लाई ६० करोड ऋण दिएको छ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो। 

सरकारले डिडिसीलाई यसअघि तीन पटक गरी ६५ करोड ऋण दिइसकेको छ। 

डिडिसीले किसानबाट संकलन गरेको दूध नगदमै विक्री गर्छ। तर, डिडिसीले किसानलाई भने समयमा भुक्तानी दिने गरेको छैन । 
दूध किसानहरूको बाँकी रकम दशैँअघि नै भुक्तानी गर्ने भन्दै सरकारले डिडिसीलाई फेरि ऋण लगानी गरेको हो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको